Logo

सर्वोच्चको फैसलालगत्तै नेपालगन्जबाट रिगल पक्राउ

काठमाडौँ । सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् । ढकाललाई नेपालगञ्जबाट पक्राउ गरिएको बाँकेका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको थियो ।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए ।

सर्वोच्चको फैसलापछि उनी अब ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने भएको छ

प्रतिक्रिया दिनुहोस्