Logo

आफू सवार हेलिकप्टर उद्धारको लागि उतै छाडेर काठमाडौ फर्किय प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १८ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित क्षेत्रको निरीक्षण गरेर काठमाडौं फर्किँदैछन् । उनी सवार हेलिकप्टर उद्धारका लागि उतै छाडेर उनी आज अपरान्ह नेपालगञ्जबाट नियमित उडानमार्फत काठमाडौं फर्किन लागेका हुन् ।

हिजो (शुक्रबार) राति ११ः५० बजे जाजरकोट केन्द्रबिन्दु भएर ६. ४ रेक्टर स्केलको भूकम्प गएको थियो। अहिलेसम्म प्राप्त विवरणअनुसार १३६ जनाको निधन र १६६ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्