Logo

लुम्बिनी सरकारले भूकम्प प्रभावितका लागि डेढ करोड सहयोग गर्ने

अनलाइन टिभी नेपाल काठमाडौं, लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका लागि डेढ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

शनिबार तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्‍को बैठकले डेढ करोड सहयोग गर्ने निणर्य गरेको प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए । उक्त रकम प्रदेश विपद् कोषबाट निकासा गरी कर्णाली प्रदेश सरकारलाई दिइने छ । साथै लुम्बिनी प्रदेश सरकारले प्रभावित जिल्लामा उद्धारका लागि गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा उद्धारकर्ताको एक टोली पठाउने निणर्य समेत गरेको छ । प्रदेश सरकारले यसअघि शनिबार बिहान राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ । यस्तै लुम्बिनी प्रादेशिक अस्पतालबाट ५ जना चिकित्सकको टोली पनि पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्