Logo

राष्ट्रिय स्वतन्त्र पार्टीले भुकम्प प्रभावितको तत्कालिन राहत र दीर्घकालीन व्यवसथापनकोलागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण–पत्र बुझायो


राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट र रुकुम (पश्चिम)का भूकम्प प्रभावितको तत्कालिन राहत र दीर्घकालीन व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएको छ। रास्वपाका उपसभापति डीपी अर्याल नेतृत्वको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण–पत्र बुझाउँदै एकद्वार प्रणालीको नाममा सदरमुकामसहित सुगम ठाउँमा राहत थुप्रिने तर दुर्गमका वास्तविक प्रभावितले नपाउने विगतको कमजोरी नदोहोर्‍याउन सरकारलाई सचेत गराएको हो।

प्रतिक्रिया दिनुहोस्