Logo

जाजरकोट केन्द्र विन्दु बनाएर जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प प्रभावित क्षेत्रमा अखिल (क्रान्तिकारी) ले राहत तथा पुनर्निर्माणमा १० लाख सहयोग

जाजरकोट केन्द्र विन्दु बनाएर जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प प्रभावित क्षेत्रमा अखिल (क्रान्तिकारी) ले राहत तथा पुनर्निर्माणमा १० लाख सहयोग

१९ गते पञ्चा सिंहको अध्यक्षतामा संगठनको केन्द्रीय कार्यालयको आकस्मिक बैठक बसी संगठनको केन्द्रीय उपाध्यक्ष पवन कर्कीलाई राहत संकलन समितिको संयोजकको जिम्मेवारी दिएका थिए । उक्त समिति आज नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिस डाँडामा बैठक बसी दश लाख सहयोग गर्ने निर्णय गरेको हो ।

राहत संकलनको लागि अखिल (क्रान्तिकारी) बिपद् कोष निर्माण गर्ने र उक्त कोषमा निम्न बमोजिम रकम सकलन गर्ने निर्णय गरेका छन् ।
क)संगठनको केन्द्रीय कार्यालय सदस्यहरुको तर्फबाट जनही रु. ५ हजार
ख) केन्द्रीय पदाधिकारीहरुको तर्फबाट जनही रु. ३ हजार
ग) केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला अध्यक्षहरुको तर्फबाट जनही रु. १ हजार
घ) संगठनका तर्फवाट निर्वाचित प्रत्येक स्ववियू बाट रु. ५ हजार
ङ) विभिन्न राजनैतिक तथा सरकारी नियुक्तिमा रहेका कमरेडहरू बाट मासिक रुपमा प्राप्त रकमको १५% रकम
च)संगठनका प्रदेश समिति सदस्य, राष्ट्रिय समिति सदस्य र जिल्लाका पदाधिकारीहरु बाट रु. ५ सय का दरले संगठनको बिपद् राहत कोषमा संकलन गर्ने निर्णय गरियो ।

साथै राहतका लागि आवश्यक खाद्यान्न, अस्थाई बसोबासका सामाग्री तथा लत्ताकपडा, औषधी एवम् निर्माण सामग्री र नगद सहयोगका लागि विभिन्न सहयोगी दाताहरु संग आह्वान / अपिल गर्ने बताएका छन् । नगद र जिन्सी संकलनको प्राविधिक व्यबस्थापन संगठनका केन्द्रीय सचिव उपदेश यादव र केन्द्रीय सचिव तथा उपत्यका विशेष प्रदेश प्रमुख सचिव कमरेड समिर पाण्डे (दिलकुमार) लाइ जिम्मा दिने निर्णय भएको छ । राहत संकलन समितिको निर्णय कार्यालयको बैठक बसी अनुमोदन गरेको समितिका संयोजक पवन कार्की ले बताए । गर्ने निर्णय गरेको अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव उपदेश यादवले जानकरी दिए ।

प्रतिक्रिया दिनुहोस्