Logo

मनोज मानव पक्राउ परेपछि महेश बस्नेतले भने–यसलाई अधिकतम कारबाही होस

काठमाडौं, २३ कार्तिक । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पक्राउ परेका युट्युबर मनोज मानव भनिने मनोजकुमार महतोलाई अधिकतम कारबाहीको माग गरेका छन् । उले उनले मनोज मानवजस्ता अपराधिक व्यक्तिहरुबाट उत्पीडनमा परेकाहरुलाई न्यायको खोजी गर्न अनुरोध गरेका छन् ।

बस्नेतले फेशबुकमा लेखेका छन्–

नेपाल प्रहरीले बिभिन्न जनसमुदायलाई धेरै समयदेखि धम्काउने तर्साउने बिबिध खालका बार्गेनिङ गर्ने एउटा अपराधी गिरोहको एउटा मुख्य योजनाकार मनोज मानब भन्ने युटुबे पत्रकारलाइ आज नेपाल प्रहरीको साईबर व्यूरोले गिरफ्तार गरी हिरासतमा राखेर कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । यसलाई अधिकतम कानुनी कारबाही होस् । यो र यस्ता धेरै अपराधिक व्यक्तिहरुबाट उत्पीडनमा पर्नु भएका सम्पूर्ण पीडितहरूलाई पनि न्यायको खोजी गर्नको निमित्त अनुरोध गर्दछु । नेपाल सरकारले अन्यायमा परेका सबैलाई न्याय दिनेछ भन्ने कुरामा बिश्वस्त छु । यसरी अर्काको फोटो भिडियो एडिट गर्ने । अरुको चरित्र हत्या गर्ने । सामाजिक राजनैतिक जीवन समाप्त गर्ने गरि लागिपरेका अपराधिक गिरोहको अन्त्य गर्न सबै एकजुट हौं ।

प्रतिक्रिया दिनुहोस्