Logo

दुखद खबर : मोडल तथा नायिका दिपाशा बीसीको नर्भिक अस्पतालमा निधन

अभिनेत्री दिपाशा बीसीको निधन भएको छ । स्वास्थ्यमा असहज भएपछि उनलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर बिहीबार बिहान अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले जानकारी दिए ।

मोडल विसीले केही नेपाली फिल्म र दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।

दीपाशाको २८ बर्षको उमेरमा निधन भएको हो । उनको जन्म वि.सं २०५२ सालमा सुर्खेतमा भएको थियो । तर, उनले लामो समयदेखि काठमाडौंमा रहेर मोडलिङ पेशामा काम गरिरहेकी थिइन् ।

यस्तै, उनले ‘तीज चाड नारीको, अच्छा लेकिन, नानी माई, सानी माया, तिमी नभए’ लगायतका दर्जनौं म्युजिक भिडियोमा काम गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्