Logo

काठमाडौँ महानगरभित्र राति १ बजेसम्म देउसीभैलो खेल्न बालेनको आग्रह

काठमाडौं,२४ कार्तिक । यस वर्षको तिहारमा काठमाडौँ महानगरपालिकाभित्र सुरक्षित रूपमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विगतका वर्षमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्ने अनुमति दिने गरिएकामा यस वर्ष आफूले राति १ बजेसम्म देउसीभैलो खेल्न पाउनेगरी सुरक्षा व्यवस्था मिलाएको जानकारी दिएका छन् ।

‘बिगतको बर्षहरुमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौ महानगर भित्र राती ९ बजे सम्म मात्र खेल्न अनुमती दिइएको थियो ’। बालेनले भनेका छन् । ‘यो बर्ष काठमाडौ महानगर नगरप्रहरीले राती १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यबस्था मिलाएको छौ र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौ’। उनले भनेका छन् ।

मेयर बालेनले सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउनसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्