Logo

धर्मगुरु श्रीनिवास पक्राउ (हेर्नुहोस भिडियो सहित)

काठमाडौं, ११ मंसिर । विवादास्पद धर्मगुरु श्रीनिवास पक्राउ परेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँको आन्दोलनलाई समर्थन गर्न गौशला पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आक्रामक अभिव्यक्ति दिएर भीडलाई झनै उग्र बनाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रसाईँको आन्दोलन गत मंसिर ७ गतेदेखि निरन्तर जारी छ ।

प्रसाईँका समर्थकहरुले पहिलो दिन बल्खुमा प्रर्दन गरेका थिए । दोस्रो दिन तीनकुनेमा प्रदर्शन गर्ने भनिएपनि सरकारले उक्त स्थानमा प्रदर्शन गर्न रोक लगायो । सिफल हुँदै आज पशुपतिको गौशला आसपास साधु, सन्तसमेतको पस्थितिमा प्रदर्शन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्