Logo

अष्ट्रेलियामा बस्ने प्रेमिकासँग अविनाशले गरे इन्गेजमेन्ट

काठमाडौं । राष्ट्रिय टिमका तीव्र गतिका बलर अविनाश बोहोराले प्रेमिका प्रतिज्ञा खनालसँग इन्गेजमेन्ट गरेका छन् । केही समय अघिदेखि प्रेम सम्बन्धमा रहेका यी जोडीले नागार्जुन सितापाइलास्थित प्रतिज्ञाको निवासमा इन्गेजमेन्ट गरेका हुन् ।

अविनाश राष्ट्रिय टिममा टी–२० फर्म्याटका डेथ ओभर स्पेसलिस्टको रुपमा चर्चित बलर हुन् । उनले २०१९ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । घरेलुमा भने उनी एपीएफ क्लबबाट खेल्छन् । प्रतिज्ञा भने केही समयअघिदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्