Logo

केपि ओलिकप आर्मीविरुद्ध शानदार जित निकाल्दै मधेशले जित्यो उपाधि

काठमाडौं,१५ मंसिर । पोखरामा जारी प्रथम केपी अ‍ोली कपको उपाधि मधेश प्रदेशले जितेको छ l आज भएको फाइनल खेलमा विभागीय टिम आर्मीलाई ११ रनले हराउँदै मधेशले उपाधि जितेको हो ।

मधेशले दिएको १३६ रनको सामान्य लक्ष्य पछ्याएको आर्मी निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रनमा समेटिएपछि आर्मीले उपाधिबाट विमुख भएको हो ।

राष्ट्रिय क्रिकेट टिमको सिनियर खेलाडीले भरीभराउ आर्मीका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३२ रन बनाए । त्यस्तै नटआउट रहँदै विवेक यादवले २५ र भीम सार्कीले २२ रन जोडेपति त्यो जितका लागि प्रयाप्त भएन् ।

बलिङतर्फ मधेशका कप्तान हरिशंकर साहले शानदार प्रदर्शन गरे । ४ ओभर बलिङ गर्दै उनले ४ विकेट चट्काएपछि आर्मी स्तब्ध बन्यो । उनले ११ ओभरको एकै ओभरमा तीन विकेट लिँदै कुशल मल्ल, वसिर अहमद र विनोद भण्डारीलाई आउट गरेका थिए । त्यस्तै प्रदीप पासवानले पनि २ विकेट लिएपछि आर्मीको ब्याटिङ धरामपा पर्यो ।

यसअघि पोखरा रंगशालास्थित क्रीकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । मधेसका विशाल पटेलले ४९, कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमान्सु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रन बनाएका थिए ।

बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले सर्वाधिक ३–३, सोमपाल कामी र बसिर अहमदले १–१ विकेट लिए ।

उपाधि जितेको मधेसले नगद ५ लाख हात पा¥यो । फाइनलमा मधेससंग पराजित भएको आर्मीले २ लाख ५० हजारमामा चित्त बुझायो ।

प्रतिक्रिया दिनुहोस्