Logo

बालुवाटार बैठकको निश्कर्ष : एनसेल खरिदबिक्रीको विषयमा सरकारले गम्भीर छानबिन गर्ने

काठमाडौं, १९ मंसिर । बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरु र केही मन्त्रीहरु सहभागी भएको बैठकले एनसेल खरिदबिक्रीका विषयमा सरकारले गम्भीर अध्ययन र छानबिन गर्ने निष्कर्ष निकालेको छ ।

आज (मंगलबार) साँझ बसेको गठबन्धन बैठकले यस्तो निश्कर्ष निकालेको हो । एनसेल खरिदबिक्री प्रकरणमा बाहिर धेरै आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनको बैठक बोलाएका थिए । सो बैठकमा अर्थमन्त्री डा. प्रकाशरण महत, सञ्चारमन्त्री रेखा शर्मापनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्