Logo

टोपबहादुर रायमाझीका छोराले कान्तिपुर टेलिभिजनका पत्रकारलाई कुटे, क्यामेरा फुटाइदिए

काठमाडौँ — नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका एक आरोपी सन्दीप रायमाझीले कान्तिपुर टेलिभिजनका पत्रकारमाथि हातपात गरेका छन् । काठमाडौं जिल्ला अदालत परिसरमा दृश्य खिचिरहेका कान्तिपुर टेलिभिजनका पत्रकार सञ्जय लुइँटेलमाथि सन्दीपले हातपात गरेका हुन् ।

नक्कली शरणार्थी प्रकरणका आरोपी सन्दीप रायमाझीद्वारा कान्तिपुरकर्मीमाथि हातपात, बुम माइक फुटाइयो

उच्च अदालत पाटनबाट ३० लाख धरौटीमा रिहाइको आदेश पाएका सन्दीपलाई प्रहरीले आज (मंगलबार) दिउँसो जिल्ला अदालत लगेको थियो । अदालतबाट फर्काएर प्रहरीको गाडीमा चढाउने क्रममा सन्दीपले दृश्य छायांकन गरिरहेका लुइँटेल र उनको क्यामेरामाथि मुक्का प्रहार गरेका हुन् । सन्दीपको प्रहारबाट क्यामेराको बुम माइक फुटेको छ । लुइँटेलको गालामा चोट लागेको छ ।

सन्दीप नक्कली भुटानी शरणार्थी मुद्दामा पुर्पक्षका लागि थुनामै रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् । उच्च अदालतको आदेशअनुसार सन्दीपले मंगलबार धरौटीस्वरुप ३० लाखको बैंक ग्यारेन्टी बुझाएका छन् ।

उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत रायमाझीमाथि अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्