Logo

विकास कुमार ठाकुरले डा. अमरेश कुमार सिंहको सम्पत्ति छानविन हुनुपर्ने भन्दै गरे पत्रकार सम्मेलन

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेस सर्लाहीका नेता विकास कुमार ठाकुरले डा. अमरेश कुमार सिंहको सम्पत्ति छानविन हुन आवश्यक रहेको बताएका छन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले १५ वर्षअघि स्प्लेन्डर मोटरसाइकल चढ्ने हैसियत नभएका अमरेशले रोजगारी र ब्यवसाय बिनाले दलाली गरेर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाएका हुन् ।

अमरेशलाई कांग्रेसले पार्टीबाट निश्कासन गरेको उनको दाबी छ । अमरेशले विभिन्न बहाना बाजी गर्ने गरेको उनको भनाई छ । अमरेश अहिले अर्बौंको मालिक रहेको उनको दाबी छ ।

आफूले गरेको दलाली बिर्सेर उनले आफैंलाई राष्ट्रवादी घोषणा गरेको उनको दाबी छ । आफूले करिब नौ महिना अघिनै अमरेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति सुद्धीकरण विभागमा उजुरी दिएको बताए ।

अमरेशले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री गंगा दाहालमाथि मिथ्या आरोप लगाएको दाबी गरे ।

📸 Look at this post on Facebook https://www.facebook.com/share/v/CwHCmbMkvCFv4TJU/?mibextid=WC7FNe

प्रतिक्रिया दिनुहोस्