Logo

धनकुटामा केपी ओलीमाथि मुक्का प्रहार

काठमाडौं,२८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीमाथि आक्रमणको प्रयास भएको छ । धनकुटा र भोजपुरको सिमानामा पर्ने लेगुवामा अ‍ोलीमाथि आक्रमणको प्रयास भएको हो ।

बिहीबार मध्याह्न करिब १२ बजेतिर अध्यक्ष ओलीमाथि लेगुवा भन्ने ठाउँमा हातपात भएको हो। स्वागत गर्न भन्दै फूलमालासहित लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि हातपात गरेका थिए। ओलीमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सार्वजनिक भएको भिडिओमा स्वागतका लागि लाइनमा बसेका महेश राईले ओलीमाथि हातपात गरेको देखिन्छ। आक्रमण गर्ने व्यक्ति राईको एउटा हात भने सुरक्षाकर्मीले समाएको देखिन्छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । एमालेको टोली भने धनकुटाबाट तेहथुम पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्