Logo

नेपालि क्रेकेटमा चतुर र पारस खडकाको हालि मुहालि उपलव्धि भने सुन्य

पाकिस्तानले नेपाली खेलाडीलाई बाल नदिएपछि नेपाली खेलाडीहरु जताजता लिगहरु छन् त्यता त्यता नाम दर्ता गर्दै आएका छन् । आफु नपर्ने पक्का हुदाँहदै पनि क्यानको कमजोरी र केही पैसा कमाउने लोभमा र झिनो आशामा ड्राफ्टबाट किनिहालिन्छ कि भन्ने लोभमा नाम दर्ता गर्दै आएका छन् । तर नेपालका कोही खेलाडी बिक्रि नहुने क्रम जारी छ ।
। कमजोर घरेलु संरचना भएको देश नेपालमा राम्रा क्रिकेकटरहरु जन्माउने क्रम सुस्तो छ । अहिले पनि कसौई भन्दा बिश्वास नलाग्न सक्छ नेपालको राष्ट्रिय टिममा फिल्डिगं सम्हाल्ने कोच ल्याउने क्यानको हैसियत छैन् । यसरी क्यानको कमजोरीको कारण राम्रो खेलाडी उत्पादनमा लगाम लाग्दै आएको र पारस खड्का आएपछि घरेलु संरचनामा ब्यापक फेरबदली हुने आशा थियो तर पारसले केही भएजस्तो मात्र गरे । १६ र १८ बर्षमुनिका खेलाडीका लागि टेष्ट मोडलको कल्पनासम्मको कुनै छाटँकाटँ पारसले देखाएनन् । नेपाल बिश्कपमा प्रबेश गरेका बेला अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कोच ल्याउन कुनै पहल भएन ।

यसरी क्यानको कमजोरीको कारण हत्केलामा भविष्य राखेर् खेलाडीहरु खेल्न बाध्य छन् । अहिलेको क्रिकेट गतिशिल छ । समयको गतिलाई चिनेर सोहिअनुसासर ब्यबहार गर्न नसकेको खण्डमा क्रिकेटको हालत नेपालले एशियाकपमा भोगेको जस्तै हुन्छ भन्ने कुरामा दुईमत छैन् । आफ्नो ब्यक्तिगत फाईदाका लागि क्यानमा आएका चतुर चन्दकै बाटोमा पारस खड्का हिड्न थालेको देखिन आउँछ । ग्रासरुट देखि ब्यापक फेरबदलको आबश्यक्ता रहेका बेला प्रधानमन्त्री कपको सेमिफाइनल म्याच मात्र लामो फम्र्याटमा गर्ने देखावटी निणइ गरेर मात्र अब पुग्दैन् । क्रिकेट तीब्र गतिमा गईरहेका छ । बिश्वकप अघि टेष्ट्र राष्ट्रहरुसँग कम्तीमा पनि १० खेल नखेली बिना बलिगं कोच गएमा नेपालको बिजोग हुने निश्चित छ ।

पाकिस्तान र भारतका लिगका चरणमा नेपाली खेलाडी फालिनुको कारण पनि यहि हो । ओमान, स्कटल्याण्ड युएईले लगातार टेष्ट्र राष्ट्रसँग अभ्यास खेल खेलिरहदाँ हामीले किन नखेल्ने ?एउटा पनि अभ्यास खेल नखेलाई उमेर समूहको टोली पठाउँदा नेपालको लज्जास्पद हार भएको थियो ।

नेपाली क्रिकेट टोलीका कुनैपनि खेलाडी पाकिस्तान सुपर लिग २०२४ को ड्राफ्टमा बिक्न सकेनन् । बुधबार राती सम्पन्न ड्राफ्टमा फ्रेन्चाइज टोलीले नेपाली खेलाडी अनुबन्ध गर्न इच्छा नदेखाएका हुन् । यसअघिका वर्षमा जस्तै नाम दर्ता गराएपनि बिक्री हुन सकेनन् ।

पाकिस्तान सुपर लिगको लागि नेपालबाट १० खेलाडीले नाम दर्ता गराएका थिए । सन्दीप लामिछाने, गुलशन झा, शेख, आशिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, कुशल आरिफभुर्तेल, कुशल मल्ल र सोमपाल कामी ड्राफ्टमा थिए ।

नेपालका स्टार स्पिनर सन्दीप लामिछाने प्लेटिनम, अलराउन्डर गुलशन झा गोल्ड क्याटेगोरी र अन्य ८ खेलाडी सिल्भर क्याटेगेरीमा परेका थिए ।

यसरी २०२४ को बिश्वकपको तयारीका लागि अभ्यासमा पठाउनुपर्ने टोलीको अहिले अत्तोपत्तो छैन् । अभ्यास खेल खेलाएपनि युएई, साउदी अरब बाहेक अन्य देशसँग खेलाउन प्रयास र कुराकानी अगाडी बढाएको देखिदैन् । साल २०२३ मा केही राम्रा परिणाम हासिल भएपनि पछिल्लो समयको क्यानको योजनाविहिन समय बर्बादी र ठोस निर्णय नलिनुले बिश्वकप प्रबेश बादरको हातमा नरिवल हुने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्