Logo

विद्यार्थीलाई विद्यालयबाहिरका पोसाक किन्न बाध्य पारेमा कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

काठमाडौं,६ पुस । काठमाडौं महानगरपालिकाले नीजि विद्यालयले विद्यार्थीलाई क्रिसमसलगायतका विभिन्न चाडपर्वका नाममा विद्यालयभन्दा बाहिरका पोशाक किनन् वाध्य पारेको गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले एक सूचना सार्वजनिक गर्दै तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सवै विद्यालयलाई अनुरोध गरेका छन् ।

कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुनेसमेत उनले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्