Logo

बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने बस स्थानीयले जलाए

काठमाडौं,९ पुस । सिन्धुलीको सुनकोसी गाउँपालिका ३ स्थित बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने बसलाई स्थानीयले तोडफोड गर्दै आगजानी गरेका छन् ।

सोमबार बिहार रामेछापको मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बसले बा ६० प ३५४५ नम्बरको मोटरसाइलकल लाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकलमा सवार एक महिला र एक पुरुषको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ।

मृत्यु हुनेमा बा। ६० प ३५४५ नम्बरको मोटरसाइकल चालक खोटाङ घर भएका २० वर्षीय सुसन राई र खोटाङको दिक्तेल नगरपालिका–१० घर भएकी १८ वर्षीया मुनाकला राई छन् ।

दुर्घटनापछि राजमार्गमा सवारी आवागमन रोक्दै स्थानीयले नारावाजी गरिरहका छन् भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक रामेछापको मन्थली नगरपालिका १३ फुलासीका २४ वर्षिय रुपेश अधिकारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्