Logo

केपी ओली कपमा बिदेशि क्ल्बहरु पनि सहभागि हुने

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले फागुन ११ गतेदेखि १९ गतेसम्म केपी ओली कप २०८० गर्ने भएको छ । काठमाडौँको बानेश्वरमा आज पत्रकार सम्मेलन गर्दै युवा संघले केपी ओली कपको बारेमा जानकारी दिएको हो ।

जहाँ युवा, त्यहाँ खेलकुद भन्ने मुल नाराका साथ सुरु हुने खेलमा नेपालका ए डिभिजन लिगका क्लब र विदेशि क्लबहरु सहभागी हुने अध्यक्ष क्षितिज थेवेले जानकारी दिए । प्रतियोगितामा भारत र भुटानका क्लब पनि सहभागि हुने जनाइएको छ ।

खेलकुद र मनोरन्जन मार्फत युवाहरुमाझ प्रवाभकारी ढंगले कुरा राख्न सकिने भएकाले प्रतियोगिताको आयोजना गर्न लागिएको अध्यक्ष क्षेवेले बताए । पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष थेवेले सरकारले खेलकुद क्षेत्रलाई ध्यान नदिइरहेको बेला युवा संघले ऐतिहासिक प्रतियोगिता गर्न लागेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै एमालेका पोलिटब्युरो सदस्य तथा युवा संघका इन्चार्ज महेश बस्नेतले युवा संघले गर्न लागेको यस्ता प्रतियोगिताले समाजमा सकरात्मक सन्देश दिन बताए । पछिल्लो समय युवा संघले सामाजिक अराजकताबिरुद्ध चालेका कदमहरुको बारेमा बस्नेतले प्रशंसा पनि गरे ।

प्रतियोगिता आगामी फागुन ११ गतेदेखि २० गतेसम्म काठमाडौँमा हुँदैछ । नकआउट शैलीमा हुने खेल सेमिफाइनलसम्म च्यासल रंगशालामा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा हुनेछ प्रतियोगितामा नेपालका ए डिभिजनसहित विदेशका क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले ११ लाख रुपैँया र उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् ।

गत वर्ष सम्पन्न भएको केपी ओली कपको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्