Logo

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार

काठमाडौं,५ माघ । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रिय योजना आयोगका कार्यरत थिए प्रदीप परियारलाई महानगरको प्रमुख प्रशासकीय अधिकृतमा पठाएको हो ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेसी आयोगमा सरुवा गरेको छ । कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै अधिकारी र मेयर बालेन शाहबिच विवाद सुरु भएको थियो । विवादकै बिच शाहकै निर्देशनमा अधिकारीको कार्यकक्षमा ताला लगाइएको थियो । अधिकार हाल बिदामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्