Logo

मिडिया र सोसल मिडियाप्रति रविलाई ‘इरिटेसन’

काठमाडौं, ११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्यका निकायहरुलाई स्वतन्त्रतापुर्वक काम गर्न दिने सर्वदलिय सहमति गरेको दिनदेखि देश बन्न सुरु हुने बताएका छन् ।

संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसदले सर्वदलीय प्रतिवद्धता गरेको दिन देश सुमार्गमा हिड्न थाल्ने र त्यसपछी मिडिया र सोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोहि दिनरात नाङ्गो भैरहन नपर्ने उनको भनाइ छ ।

आफूमाथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफैं गर्न, फेस गर्न र फेस नलुकाउन समेत उनले भनेका छन् । उनले ब्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे देश बन्नेसमेत बताएका छन् ।

नागरिकका अधिकार बीचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाकालागि दिनरात खट्ने ८÷१० थान मतियार (न्यारेटिभ सेटर) हरुले लामो छुट्टी लिए, समाजिक संजालपनि इन्ट्रेस्टिङ बन्ने उनको भनाइ छ । हाइज्याकरहरुको अन्त्य चुनावबाट गरेपछि मात्रै देश बन्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्