Logo

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट–नेपालले पायो २८६ रनको लक्ष्य

काठमाडौ । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले २८६ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको क्यानडाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन जोडेको हो । क्यानडाका लागि उदेय भगवानले अविजित २० रन बनाए भने श्रीयस मोव्बाले ४० रन जोडेका थिए ।
क्यानडाका लागि सबैभन्दा धेरै ओपनर आरोन जोनसनले ६२ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ६५ रन बनाए । अर्का ओपनर नवनीत धलिवलले भने ६० बलमा ८ चौका प्रहार गर्दै ४६ रन बनाएका थिए ।

त्यस्तै पर्गत सिंहले ३८ रन, निकोलश किर्टनले २०, दिलप्रित बज्वाले १९ शाहिद अहमदजइले १३ रनको योगदान गरे । बलिङतर्फ नेपालका कप्तान रोहित पौडेल र कुशल मल्लले २/२ विकेट लिए । सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले १/१ विकेट लिए । नेपालले क्यानडाविरूद्धकोे पहिलो खेल ७ रनले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्