Logo

नेपाल र क्यानडाबीचको अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेल आज

एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल र क्यानडा अन्तिम खेल खेल्दै छन्।
त्रिवि मैदान कीर्तिपुरमा बिहान ९:१५ बजे नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल हुनेछ।
नेपालले क्यानडाविरूद्ध अन्तिम खेल खेल्नुअघि नै सिरिज आफ्नो पक्षमा पारिसकेको छ।

पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ८ विकेटको सानदार जित निकालेको थियो। दोस्रो खेलमा नेपालले २८६ रनको फराकिलो लक्ष्य २९ बल बाँकी छँदै पूरा गरेको थियो।

शनिबार भएको उक्त खेलमा अनिल साहले बिस्फोटक ब्याटिङ गर्दै २० बलमै अर्धशतक पूरा गरेका थिए। कप्तान रोहित पौडेलले ८७ र देव खनालले ७१ रन बनाएपछि नेपालले सहज जित निकालेको थियो।

आजको खेल जिते नेपालले सिरिज क्लिनस्विप गर्नेछ। नेपाललाई घरेलु दर्शकको पनि साथ रहनेछ। सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो एकदिवसीय सिरिज खेलेको हो।

एकदिवसीय फर्म्याटका खेलमा यसअघि प्रतिस्पर्धा भए पनि नेपाल र क्याडनाले पहिलो पटक एकदिवसीय मान्यता प्राप्त खेल खेलिरहेको छ।
रोहित पौडलको कप्तानीका उत्रिने नेपाली टिममा आशिफ शेख, कुशल भूर्तेल, देव खनाल, कुशल मल्ल, भीम शार्की, आरिफ शेख, पवन शर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनील शाह छन्।

साद बिन जफलरको कप्तानीमा रहेको क्यानडामा एरोन जोनसन, डिलन हेलिगर, दिलप्रित बजवा, हर्श थाकर, कलिम साना, नवनीत धलिवाल, निकोलश किर्टन, निखिल दत्त, पर्गत सिंह, शाहिद अहमदजइ, श्रीयस मोव्वा, श्रीमन्थ वीजेरत्ने, इशरजोत सोही र उदेय भगवान छन्।

प्रतिक्रिया दिनुहोस्