Logo

केपी ओली कपको पूर्वसन्ध्यामा कलाकार र राजनीतिज्ञबीच मैत्रीपूर्ण फुटबल

काठमाडौं,२९ माघ । आसन्न केपी अ‍ोली कप फुटबल प्रतियोगीताको प्रचार प्रसारस्वरुप आज कलाकार र ाजनीतिज्ञबीच मैत्रीपूर्ण फुटबल प्रतियोगीता भएको छ ।

एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको आयोजनामा भएको मैत्रीपूर्ण खेलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेललगायत उपस्थित रहको थिए । केपी ओली कप ११ फागुनबाट सुरु हुँदैछ ।

खेलमा दुवै टीमले ३/३ समान गोल गरेका छन् । राजनीतिका तर्फबाट मनिष सेढाईले १ र २ गोल क्षितिज थेवेले १ गोल गरेका थिए । त्यस्तै, कलाकारतर्फ राजु ढकालले १, डीवी आले १ र आकाश खवासले १ गोल लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्