Logo

कप्तान रोहित बने‘प्लेयर अफ दि सिरिज’

काठमाडौं,२९ माघ । नेपाल र क्यानडाबीचको तीन खलमो एकदिवसीय सिरिज आफ्नो देशलाई जिताएका नेपाली टिमका कप्तान रोहित पौडेल प्लेयर अफ दि सिरिज घोषित भएका छन् ।

उनले यस सिरिजमा कूल ९५ रन जोड्दै ६ विकेट लिएका थिए सिरिजको पहिलो खेलमा रोहितले ८ रन बनाउँका साथै ४ विकेट झारेका थिए। दुबै खेलमा रोहित प्लेयर अफ द म्याच चुनिएका थिए ।

दोस्रो खेलमा ८७ रन बनाउँदा बलिङतर्फ २ विकेट लिएका थिए। रोहितको कप्तानी पारीमा नेपालले एक खेल अगावै सिरिजमा २–० को अग्रत बनाउँदै आफ्नो पक्षमा पारेको थियो।

क्यानडाविरुद्धको तेस्रो तथा निर्णायक खेलमा भने रोहितले ब्याटिङको मौका पाएनन्। नेपालले घरेलु मैदानमा जितेको यो पहिलो सिरिज हो।

प्रतिक्रिया दिनुहोस्