Logo

दुर्गां प्रसाईं भन्छन्: कालोमोसो दल्लान् भनेर एक जोर लुगा साथमै बोकेर हिँड्छु !(हेर्नुहोस भिडियो सहित)

काठमाडौं,१ फागुन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विरोधीहरुले आफूलाई कालोमोसो दल्लान् भनेर एक जोर लुगा साथमा बोकेर हिँड्ने गरेको बताएका छन् ।

प्रसाईं नेतृत्वको राष्ट्र,राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको प्रथम स्थापना दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

‘मैले पीडितका लागि आवाज उठाउँदा युवा संघले कालोमोसो दल्यो । दलि हाल्यो’ उनले भने ‘अहिले त एक जोर लुगा झोलामा बोकेर हिँड्छु । दल्यो भने खातखुत धोइहाल्यो, अर्को लुगा लगायो हिँडिहाल्यो । कुरा बुझ्नुभएन ? यहाँ कोही युवा संघले कालोमोसो ल्याएको भए दलिहाले हुन्छ । जति दल्छौ दल । तिमीहरुको नेताजस्तो भ्रष्टाचार मैले गरेको छैन । म सर्वहारा वर्ग र भूईंमान्छेको आवाज हुँ । धनी मान्छेको होइन ’।

पूर्व एमालेका केन्द्रीय सदस्यसमेत रहेका प्रसाईं राजावादी बनेपछि एमालेबाट निष्काशीत भएका थिए । एमालेले पार्टीबाट निकालेपछि एमालेविरुद्ध खुलेरै लागेका प्रसाईंलाई काठमाडौंमा एमालेको भातृ संगठन युवा संघले कालोमोसो दलेको थियो ।

प्रतिक्रिया दिनुहोस्