Logo

चितवन प्रहरीद्वारा शिवरात्रीको मुखैमा यति ठुलो मात्रामा ५४२ किलो गाँजा बरामद, दुई जना पक्राउ

भरतपुर, ७ फागुन जिल्ला प्रहरी कार्यालय चितवनले ५४२ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । उक्त गाँजा आज पत्रकार सम्मेलन गरि चितवन प्रहरीले सार्वजनिक गरेको हो ।

राप्ति नगरपालिका वडा नम्बर ३ झुरझुरे स्थित ना ३ ख ६१२२ र ना ३ ख ७२४० नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय भण्डाराले उक्ता गाँजा बरामद गरेको हो ।

पक्राउ पर्नेमा धनकुटा छथर जोरपाटे गाउँपालिका ३ बस्ने ३२ वर्षीय रमेशनाथ दाहाल र कपिलवस्तु बुद्दभुमी नगरपालिका ४ बस्ने २५ वर्षीय खुशिराम थारु रहेका छन् । उक्त ट्रकको एकजना सहचालक भने फरार रहेको चितवन प्रहरीले जनाएको छ ।

एक वर्षको अवधिमा अहिलेसम्मकै ठुलो परिणाममा गाँजा बरामद गरिएको चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्