Logo

सांसद अन्सारीको निधनमा प्रतिनिधि सभाबाट शोक प्रस्ताव पारित, बैठक स्थगित

काठमाडौं,४ चैत । जनता समाजवादी पार्टी नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति प्रतिनिधि सभाबाट शोक प्रस्ताव पारित भएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले उनको निधन भएको जानकारी गराउँदै शोक प्रस्ताव पारित गर्नका लागि प्रस्ताव राखेका थिए । उनको प्रस्ताव सर्वसम्मतीले पारित भएको छ । शोक प्रस्ताव पारित भएसँगै बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधिसभा सदस्य रहेकी थिइन् । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन् ।

२०४६ सालको आन्दोलन देखि राजनीतिक यात्रा सुरुवात गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ साल देखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज रहेकी थिइन् । उनी हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् ।

प्रतिक्रिया दिनुहोस्