Logo

सुन चाँदी महासंघको चुनावी माहोल : उम्मेदवारहरुको प्रचार प्रसार बढ्दो

७ चैत्र काठमाडौँ। नेपाल सुनचाँदी ब्यवसायी महासघंको चौथो महाधिवेशन नजिकिदै गर्दा चुनावि सरगर्मि ह्वातै बढेको छ।

आगामि चैत २३/२४गते हुन गईरहेको चौथो महाधिवेशनको लागि दुई समुह प्रतिशप्रदामा उत्रिएका छन्। बरिष्ठ उपाध्यक्ष अर्जुन रसाईलिलाई निवर्तमान सभापति मोहन बि.क.र उपाध्यक्ष बिपिन रामुदामुलाई सभापति माणिक शाक्यको समर्थन रहेको बुजिएको छ।

दुबै समुह यतिखेर देश दौडाहामा रहेका छन्। सभापतिको मात्र नाम घोषणा गरेर ब्यवसायी भेटघाटमा उत्रिएका दुबै पक्षको प्यानलको अन्य पदधिकारिको नाम भने खुलेको छैन।

दुबै उम्मेदवारले जिल्ला जिल्लाका ब्यबसायीहरुलाई भेटघाट गरि आफुलाई सहयोग गर्न आव्हान गरेका छन्। पन्ध्र हजार भन्दा बढि य्वासायिहरु रहेको महासघको ४६ जिल्लामा संगठन रहेको छ। महाधिवेशनमा प्रतिनिधि र परिबेक्ष्यक समेत गरेर करिव १५०० ब्यवसायीले सहभागिता जनाउने छन्। सभापतिका दुबै उम्मेदवार उपत्यका बाहिरका रहेकोले पनि यो माहाधिबेशनलाई अर्थपुर्ण रुपमा पनि हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्