Logo

माननीय उपप्रधान एवं गृहमन्त्रीज्यूसँग नेपालका लागि चीनका राजदूत चेन सोङ्को भेट

काठमाडौं,१५ चैत । माननीय उपप्रधान एवं गृहमन्त्रीज्यूसँग नेपालका लागि चीनका राजदूत चेन सोङ्को भेट चीनका राजदूत चेन सोङ्ले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। साथै, एक चीन नीतिप्रति नेपाल सरकारलाई धन्यवाद प्रकट गर्नुभयो।

नेपालको बृहत्तर हितका लागि सधैं सहकार्य हुने भन्दै राजदूतले सीमा व्यवस्थापनका लागि मन्त्रालयस्तरीय समन्वय र सहकार्य बढाउन आवश्यक रहेको औंल्याउनु भयो। उहाँले कानून कार्यान्वयन गराउने सरकारी निकायको क्षमता विकास र विस्तारसहित प्रहरीका लागि आवश्यक सवारी साधनको व्यवस्थापन, त्रिभूवन विमानस्थलसहित अन्य अध्यागमन कार्यालयको सुदृढीकरण र प्रणालीको सुधारका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

मन्त्री लामिछानेले चीनले गरेको आर्थिक वृद्धि, रोजगारी सिर्जना, प्रविधिको उपयोग र गरिवी निवारणबाट नेपालले सिक्नुपर्ने भन्दै नेपालको विकाससहित विशेषतः विपद्का बेला चीनले गर्दै आएको सहयोग अविष्मरणीय रहेको र त्यसले निरन्तरता पाउने अपेक्षा राख्नुभयो।

मन्त्री लामिछानेले सुरक्षा प्रणालीको सुधार, अध्यागमन प्रणालीको आधुनिकी र प्रविधिकीकरण, विपद् व्यवस्थापन, सीमा व्यवस्थापनका साथै व्यापार प्रवद्र्धन र पर्यटन क्षेत्रमा थप सहयोग र सहकार्य आवश्यक रहेको औंल्याउनु भयो।

मन्त्री लामिछानेले चीनका केही सहरबाट भैरहवा र पोखरामा सीधा हवाई उडानको अपेक्षा राख्दा राजदूतले अधिकतम् प्रयास भइरहेको जानकारी दिनुभयो। चीनका राजदूतले समकक्षी वाङ्ग छियाहङ्गका तर्फबाट गृहमन्त्री लामिछानेलाई चीन भ्रमणको निमन्त्रण दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्