Logo

आरजुको अप्रेसन सकियो, अझै केही समय भारतमै बस्ने

काठमाडौं, १५ चैत । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवा उपचारका लागि भारत गएको बताइएको छ । उनका स्वकीय सचिव कमल रावलले आज विज्ञप्ति जारी गर्दै आरजु उपचारका लागि भारत गएको र अहिले दिल्लीस्थित म्याक्स हस्पिटलम उपचार भइरहेको बताएका छन् ।

आरजुले विगत दुई बर्षदेखि स्वास्थ्य समस्याका कारण चिकित्सकहरुको सल्लाहअनुसार भारतको नयाँ दिल्लीमा फलोअप उपचार गर्दै आएको समेत विज्ञप्तिमा उल्लेख छ ।

गत चैत १४ गते आरजुको Hyper Parathyroidism को शल्यक्रिया भएको बताइएको छ । अहिले आरजुको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरुको परामर्श अनुसार अझै केही समय अस्पतालमै उपचार गर्नुपर्ने विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्