Logo

मधेश र चितवपछि पूर्वराजा ज्ञानेन्द्र शाह अब कर्णाली भ्रमणमा

काठमाडौं, १५ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको छ । उनी नागरिक अभिनन्दनसहित विभिन्न जिल्लाको भ्रमणमा निस्किन थालेका छन् ।

यसअघि उनले मधेश प्रदेशका विभिन्न जिल्लाका धार्मिकस्थलको भ्रमण गरेका थिए । त्यसपछि उनी सपरिवार चितवनमा बसेका थिए । अहिले भने उनले कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुको भ्रमणमा निस्किने भएका छन् ।

पूर्वराजा शाहको सचिवालयले जनाएअनुसार उनी अर्को हप्ता नेपालगञ्ज जाने भएका छन् । पूर्वराजा शाहको सचिवालयले भनेको छ–‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव मध्यपश्चिम र कर्णाली क्षेत्रको केही जिल्लाहरुको भ्रमणको सिलसिलामा आगामी हप्ता नेपालगञ्ज सवारी होइबक्सदै छ

प्रतिक्रिया दिनुहोस्