Logo

रवि ओडविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दर्ता पक्राउ पुर्जीजारि

काठमाडौं, चैत २३ । नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडविरुद्ध बलात्कारको मुद्दा दायर भएको छ । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा उनकै श्रीमतीले केहि दिनअगाडी बलात्कारको जाहेरी दिएकी हुन् ।

कृष्णपुर नगरपालिका, गुलरिया घर भएका गायक ओडविरुद्ध अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । रवि ओड नेपालको चर्चित रियालिटी शो नेपाल आइडल सिजन टू का विजेता हुन् ।

उजुरी पछि ओडविरुद्ध पक्राउ पुर्जीसमेत जारी भइसकेको छ । हाल उनको श्रीमतीको मेडिकलको प्रक्रिया भइरहेको र थप अनुसन्धान भइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्