Logo

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका प्रहरी जवान रामसिंह बोहरा गम्भीर घाईते

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा आज शनिबार काठमाडौँमा भएको झडपमा एक जना प्रहरी जवान गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते हुनेमा प्रहरी जवान रामसिंह बोहरा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले सुनौलो नेपाललाई जानकारी दिए । उनका अनुसार प्रहरी जवान बोहरा बोल्न नसक्ने अवस्थामा छन् ।

उक्त झडपमा परि प्रहरी सहायक निरीक्षक सहित पाँच जना प्रहरी तथा प्रर्दशन कारी तर्फ १० जना घाइते भएका छन् । उक्त झडमा गम्भीर घाइते भएका प्रहरी जवान बोहरालाई अन्नपूर्ण न्यूरो अस्पतालबाट थप उपचारका लागि नेपाल प्रहरी अस्पताल लैजाने तयारी भएको प्रवक्ता अधिकारीले बताए ।

उनका अनुसार झडपका क्रममा प्रदर्शनकारीले ढुङ्गामुडा प्रहार गरेका थिए । उक्त झपडमा प्रदर्शनकारी तर्फका १२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्