Logo

नेपालले दियो हङकङलाई १४० रनको लक्ष्य

काठमाडौं,८ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३९ रन जोड्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए ।

नेपालले खेलमा खराब सुरुवात गरेको थियो । कुशल भुर्तेल फेरि एक पटक शून्य रनमा आउट भए । तेस्रो ओभरमा सोमपाल कामी १६ रन बनाएर आउट भए । लगत्तै ५ रन बनाएर आशिफ शेख पनि पभेलियन फर्किए ।

त्यसपछि कप्तान रोहित पौडेल १९ बलमा २१ रन र सन्दीप जोराले २३ बलमा २२ रन बनाए ।

कुशल मल्ल १३ रन बनाएर आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । हङकङका आयुश शुक्लाले ३ तथा अतिक इक्बाल, यासिम मुर्तजा र इशान खानले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्