Logo

क्रिकेट सन्दीपविरुद्धको मुद्दा चन्द र ज्ञवालीको संयुक्त इजलासमा

काठमाडौं, वैशाख १६ । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा दिएको पुनरावेदनमाथि आज पेसी तोकिएको छ ।

सन्दीपले दायर गरेको पुनरावेदन रिटको सुनुवाइका लागि उच्च अदालत पाटनका न्यायाधीश धीर बहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा पेशी तोकिएको छ ।

गत सोमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा रहेको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो ।

न्यायाधीशद्वय भट्ट र ढकालको इजलासमा नौ मुद्दा रहेकोमा सातौँ नम्बरको सुनुवाइ नसकिएपछि त्यसपछिका मुद्दा हेर्न नभ्याइनेमा परी स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्