महानगरले सडक विभागको गेटमा धुलो खन्याएकाे कदमप्रती गुनासाे नरहेकाे मन्त्री महासेठको भनाइ

216
Shares

काठमाडौं– उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं महानगरपालिकाले सडक विभागको गेटमा धुलो खन्याउने कदमप्रति कुनै गुनासो नरहेको बताएका छन् ।

आइतबार संसद भवन सञ्चारकर्मीसंग कुरा गर्दै महासेठले महानगर प्रमुख बालेन शाहले कलंकी–महाराजगन्ज सडकको बिषयमा उठाएका बिषय सकारात्मक भएको जनाउँदै त्यसप्रति कुनै आपत्ती नभएको जनाएका हुन् ।

कलंकी–महाराजगञ्ज सडक विस्तार सुस्त भएको र त्यसका कारण जनतालाइ समस्या भएको भन्दै महानगरले विरोध स्वरुप शनिबार मिनभवनस्थीत सडक बिभागमा एक ट्रक धुलो खन्याएको थियो । महानगरको कदमप्रति कसरि अघि बाढ्ने भन्ने विषयमा सरसल्लाह भइरहेको उनको भनाइ छ । कलंकी–महाराजगन्ज सडक निर्माणका लागि आन्तरिक स्रोतबाट पनि बजेट व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

उता न्युरोडमा फुटपाथ बढाउने काठमाडौं महानगरको कदम कानूनसम्मत नभएको मन्त्री महासेठले बताएका छन् । कानूनसम्मत नभएकै कारण सडक बिभागले त्यसलाई रोकेको उनले बताए ।