Logo

भरतपुर महानगरपालिकामा सबैभन्दा कम बेरुजु देखिँदा पोखरामा सबैभन्दा बढी

काठमाडौं– भरतपुर महानगरपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ । छ वटा महानगरमध्ये महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनअनुसार भरतपुरमा सबैभन्दा कम बेरुजु देखिएको छ ।

कार्यालयको ६१औँ वार्षिक प्रतिवेदनमा भरतपुरको बेरुजु शून्य दशमलव ०१ प्रतिशत छ । सबैभन्दा कम बेरुजु देखिने दोस्रो महानगरपालिकामा ललितपुर छ । ललितपुर महानगरपालिकामा गत आर्थिक वर्षमा शून्य दशमलव ४६ प्रतिशत बेरुजु देखिएको छ ।

भरतपुरमा सबैभन्दा कम बेरुजु देखिँदा पोखरा महानगरपालिकामा भने सबैभन्दा धेरै बेरुजु देखिएको छ । महालेखा परिक्षकको ६१ औँ प्रतिवेदनअनुसार पोखरामा सात दशमलव ९८ प्रतिशत बेरुजु पाइएको हो । यस्तै वीरगन्ज महानगरपालिकाको सात दशमलव १४ प्रतिशत बेरुजु देखिएको हो ।

यता काठमाडौं महानगरपालिकामा एक दशमलव ११ प्रतिशत बेरुजु देखिएको छ भने विराटनगर महानगरपालिकामा बेरुजु एक दशमलव ०३ प्रतिशत छ ।

 

प्रतिक्रिया दिनुहोस्