काठमाडौं– बाराको कलैया उपमहानगरपालिकाले नेपाली क्रिकेटर अनिल साहले बनाउने हरेक रनबापत वृक्षरोपण गर्ने भएको छ । कलैयाका स्थायी बासिन्दा साहले आइसिसी पुरुष टि–२० विश्वकपमा बनाउने हरेक रनबापत वृक्षरोपण गर्ने भएको हो ।
कलैयामा वृक्षरोपण हुँदै गरेको उपमहानगरपालिकाकी उपप्रमुख रौशन परविनले सामाजिक सञ्जालमार्फत बताइन् । उनले लेखेकी छिन्, ‘अनिल साहले टि–२० विश्वकपमा जति रन बनाउनु हुन्छ त्यतिवटा थप वृक्ष कलैया उपमहानगरपालिकामा हुँदै गरेको वृक्षारोपण अभियानमा अझ थप गरिनेछ। ’
अनिल साहको मनोवल उच्च बनाउन धेरै भन्दा धेरै आफ्नो घर, खेत वरिपरि वृक्षारोपण रोपण गर्नसमेत उनले आग्रह गरेकी छिन् । वृक्षरोपण अभियानले अनिल साहको हौसला बढाउनुका साथै जलवायु परिवर्तन,बढ्दो गर्मी,सुक्दै गरेको पानी को मुहान का समस्यालाई नियन्त्रणमा सहयोग पुग्ने उनले बताइन् ।
नेपालले विश्वकपअन्तर्गतको पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्दैछ । विश्वकप समुह ‘डी’ अन्तर्गत रहेकाे नेपाल र नेदरल्यान्ड्ससँगै समुहमा दक्षिण अफ्रिका, बङ्गलादेश र श्रीलङ्का सुपर एटमा पुग्न एक अर्कासँग भिड्दैछन् ।
प्रतिक्रिया