नगरप्रमुख महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाको प्रमुख गजेन्द्र महर्जनविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै नगरप्रमुख महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । उनीहरुमाथि १ अर्ब ४ करोड विगो मागदावीसहितको आरोपपत्र विशेष अदालतमा पेश भएको छ ।