काठमाडौं– अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा सञ्चालन भइरहेको आइसिसी पुरुष टि–२० विश्वकप, २०२४ को विजेताको पुरस्कार राशी घोषणा गरेको छ ।
आइसिसीले पुरस्कार राशीको घोषणा गर्दै आइसिसी टि–२० टुर्नामेन्टको हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशी भएको जनाएको छ ।
आइसिसीको अनुसार ११.२५ मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ५० करोड रुपैयाँ विश्वकप विजेताले पाउनेछन् ।
यस्तै विश्वकपमा दोस्रो हुने टोलीले १.२८ मिलियन डलर अर्थात् करिब १७ करोड रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।
सेमिफाइनलसम्म पुगेका प्रत्येक टोलीले ७ लाख ८७ हजार ५०० अमेरिकी डलर तथा करिब १० करोड रुपैयाँ प्राप्त गर्नेछन् ।
सुपर ८ मा पुगेर सेमिफाइनलमा नपुगेका टोलीले ३ लाख ८२ हजार ५०० अमेरिकी डलर तथा पाँच करोड रुपैयाँ पाउने आइसिसीले जनाएको छ ।
नौदेखि बाह्रौँ स्थानसम्म हासिल गर्ने टोलीले २ लाख ४७ हजार ५०० अमेरिकी डलर तीन करोड २९ लाख रुपैयाँभन्दा बढी प्राप्त गर्नेछन् ।
तेह्रौँदेखि बिसौँ स्थानमा रहने टोलीले २ लाख २५ हजार अमेरिकी डलर अर्थात् तीन करोड रुपैयाँ पाउने छन् ।
यस्तै प्रत्येक प्रतियोगितामा जीत हाँसिल गरेवापत जित्ने टोलीले ३१ हजार १५४ अमेरिकी डलर अर्थात् ४१ लाख रुपैयाँभन्दा धेरै पाउने आइसिसीले घोषणा गरेको छ ।
प्रतिक्रिया