Logo

मोदी लोक सभा सदस्यमा निर्वाचित

काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोक सभा सदस्यमा निर्वाचित भएका छन् । बाराणसी क्षेत्रमा उम्मेदवार बनेका मोदी सोहि क्षेत्रबाट तेस्रो पटक चुनिएका छन् । मोदीले कांग्रेस प्रदेश अध्यक्ष अजय राईलाई १ लाख ५२ हजार मतान्तरले पराजित गरेका हुन् ।

तर उनको मतान्तर भने घटेको छ । २०१९ मा मोदी ४ लाख ७९ हजार ५०५ मतान्तरले विजयी भएका थिए ।

जारी मत गणनामा भाजपा २४३ सिटमा अगाडि छ । एनडीए गठबन्धन भने २९३ सिटमा अगाडि छ ।

 

प्रतिक्रिया दिनुहोस्