काठमाडौं– स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको ७ करोड रुपैयाँभन्दा बढी अपचलन गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।
काठमाडौं कुलेश्वरका ६६ वर्षीय बासुदेवमान जोशी, केल टोलका ६७ वर्षीय सुवर्ण सेलालिक र नरदेवीका ५८ वर्षीय धर्मरत्न पाछैं पक्राउ परेका हुन् ।
आकर्षक ब्याज दिने भन्दै रकम जम्मा गर्न लगाएर बचतकर्ताको ७ करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ उनीहरूले हिनामिना गरेको आरोप लागेको छ ।
पक्राउ परेकाहरू विरुद्ध सहकारी ठगीको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।
प्रतिक्रिया