Logo

सेन्चुरी बैंकका तत्कालीन अध्यक्षसहित आठ जना पक्राउ

काठमाडौं– सेन्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित आठ जना पक्राउ परेका छन् । बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो।

यसअघि सो प्रकरणमा प्रहरीले बैंकका पूर्वसीईओ तुलसीराम गौतम र पूर्वसीईओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्