Logo

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए विश्वासको मत

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन्। सोमबार अपराह्न बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा ४ र प्रदेश सभा नियमावली २०८० को नियम १५० बमोजिम विश्वास मत प्रस्ताव राखेका थिए।

सभामुख कृष्ण धितालका अनुसार सोमबारको प्रदेश सभा बैठकमा ५९ जना सांसद उपस्थित थिए। मुख्यमन्त्री पाण्डेले राखेको विश्वास प्रस्तावको पक्षमा ३१ जना सांसदले मत दिए भने विपक्षमा २८ सांसदले मतदान गरेका थिए।

नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट २०७९ को चुनावमा गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ बाट जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डेलाई मत दिएका छन्। उनका साथै साथै कांग्रेसका २७, राप्रपाका दुई र स्वतन्त्र सांसद राजिब गुरूङले पनि मुख्यमन्त्रीका पक्षमा विश्वास मत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्