Logo

गायिका मेनुका पौडेलको आँखाको खाल्डोलाई पुरेर कस्मेटिक प्रोथेस्टिक कृत्रिम आँखा राखियो

काठमाडौं – बैशाख अन्तिम साता गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ शल्यक्रिया गरेको हो । उनको आँखाको खाल्डोलाई पुरेर कस्मेटिक प्रोथेस्टिक भनिने कृत्रिम आँखा राखिएको थियो । प्रोथेस्टिक राखेपछि अब मेनुकाले चस्मा लगाउन जरुरी छैन । सर्जरीपछि पहिलोपटक मेनुकाले आफ्नो आँखाको लुक सार्वजनिक गरेकी हुन् । फोटोमा उनी चस्मा बिना सामान्य व्यक्तिजस्तै देखिएकी छिन् ।

 

अब उनलाई चस्मा लगाउन जरुरी छैन । सर्जरीअघिका उनका तस्वीर चस्मा लगाएकै लुकमा देखिएका थिए । कस्मेटिक प्रोथेस्टिक राखिएपछि मेनुकाको दृष्टि चाहिँ फिर्ता आउदैन । उहाँको दृष्टिमा सुधार आउने सम्भावना छैन । चस्मा खोल्दा उहाँलाई सहज हुन्छ – वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्