Logo

१० महिनामा भित्रियो १२ खर्ब रेमिटेन्स

काठमाडौं– चालु आर्थिक वर्षको १० महिनामा ११ खर्ब ९८ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। आर्थिक वर्ष २०८०/८१ को साउनदेखि वैशाखसम्ममा ११ खर्ब ९८ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो ।

गत आर्थिक वर्ष २०७९/८० को १० महिनासम्म १० खर्ब पाँच अर्ब रेमिटेन्स भित्रिएको थियो। गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा १९.२ प्रतिशतले रेमिटेन्स बढेको हो ।
चैतमा मासिक एक खर्ब २१ अर्ब रेमिटेन्स भित्रिएको छ । यस्तै वैशाखमा एक खर्ब १६ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो।

रेमिटेन्स भित्रिने दर बढेसँगै बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि भइरहेको छ। बैंकहरूमा संकलन भएको निक्षेप वार्षिक ६ खर्ब ९९ अर्ब रूपैयाँ अर्थात् १२.८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्