Logo

एआईजी गिरीको प्रमुख आतिथ्यतामा ‘अपराध अनुसन्धान अनुशिक्षण प्रथम समूह’ तालिमको दीक्षान्त

काठमाडौं– ‘सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य वा आमविनासका हातहतियार निर्माण वा विस्तारमा वित्तीय लगानी सम्बन्धी अपराध अनुसन्धान सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत अनुशिक्षण प्रथम समूह’ को दीक्षान्त समारोह सम्पन्न भएको छ । नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगंजमा सञ्चालित तालिमको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एआईजी सुदिप गिरीको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह कार्यक्रम सम्पन्न भएको हो ।

एआईजी सुदिप गिरीले उक्त कार्यक्रममा दीक्षित भई जाने प्रहरी अधिकृतहरूलाई प्रशिक्षणको क्रममा प्राप्त गरेको ज्ञान, सीप र क्षमतालाई कार्यक्षेत्रमा उच्च मनोबलका साथ अक्षरक्ष पालना गरी नेपाल प्रहरी संगठनको अपराध अनुसन्धान क्षेत्रलाई सदैव प्रयत्नशील राखिरहनु पर्ने कुरामा जोड दिए । उनले दीक्षित प्रहरी अधिकृतलाई शुभकामनासहितको निर्देशन सम्बोधन र प्रमाणपत्र वितरण समेत गरे । यस्तै तालिम संयोजक प्रहरी उपरीक्षक श्याम बाबु ओलियाले तालिम सम्बन्धी संक्षिप्‍त प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्