Logo

सहकारी छानबिन समितिको आन्तरिक कार्यविधि पारित

काठमाडौं– सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले आन्तरिक कार्यविधि पारित गरेको छ ।

संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको छानविन समितिले सुझावससहित आन्तरिक कार्यविधि सर्वसम्मतले पारित गरेको समिति संयोजक सुर्य थापाले जानकारी दिए । विगतमा विभिन्न छानबिन समिति,जाँचबुझ आयोग लगायतले विगतमा अध्ययन गरेका प्रतिवेदन उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्रचार गरिएकोमा अधिक संख्यामा पत्र प्राप्त भएको र बाँकी प्रतिवेदन उपलव्ध गराउन निर्देशन दिइसकेको उनले बताए ।

उनले आगामी दिनमा संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड र समस्याग्रस्त सहकारीका व्यवस्थापन लगाएतका निकायहरुसंग समितिले छलफल गर्ने उल्लेख गरे । सहकारी प्रकरणमा सम्बन्धीत व्यक्तिहरुसंग सोधपुछ गर्ने र थप अनुसन्धान गरेर दोषिलाई कारवाही गर्न सिफारिस गर्ने उनको भनाइ छ ।

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । समितिलाई पहिलो बैठक बसेको मितिले तीन महिनाभित्र कार्यसम्पन्न गरि प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्