Logo

दार्जिलिङको रेल दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौं– नेपालको पूर्वी नाका नजिकै रहेको भारतको पश्चिम बंगालस्थित दार्जिलिङमा रोकिएको रेलमा मालगाडी ठोक्किदा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।

प्रेस ट्रष्ट अफ इन्डिया (पीटीआई)का अनुसार सो घटनामा १५ जनाको मृत्यु भइसकेको छ । घटनामा अन्य ६० जना घाइते भएको पीटीआईले बताएको छ ।

यो घटना पश्चिम बङ्गालको रंगापानी र निजबाडी स्टेसनको बिचमा सोमबार बिहान करिब ९ बजे घटेको हो । रातो संकेतका कारण एक्सप्रेस ट्रेन सिलगढीको रंगपानी स्टेसननजिकै रुइधासामा रोकिएको थियो। त्यही क्रममा उसलाई पछाडिबाट आएको मालवाहक रेलले ठक्कर दिएको हो। मालवाहक रेलको ठक्करबाट यात्रुवाहक रेलको ३ ओटा डब्बा बाहिर झरेको थियो ।

भारी वर्षाका कारण मालवाहक रेलका पाइलटले सिग्नल नदेखेकाले दुर्घटना भएको आशंका गरिएको छ। घटनापछि उद्धार कार्य तीव्र गतिमा अगाडि बढिरहेको रेलमन्त्री अश्वनी वैष्णव र पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनर्जीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्